Logo

उपप्रधानमन्त्री थापासहित चार मन्त्रीले लिए सपथ



काठमाडौं, २८ असोज । उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ दिलाएका हुन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित समारोहमा राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्रीको सपथ थिए । सपथपछि राष्ट्रपति भण्डारीले उपपप्रधानमन्त्री थापालार्इ चुनाव राम्रोसँग सम्पन्न गर्न शुभकामना दिएका छन् ।

लगतै मन्त्रीहरु जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले पनि सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन । यससँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।



प्रतिक्रिया दिनुहोस्