Logo

चलचित्र ‘रुद्रप्रिया’ हेर्न वकिलहरुको आग्रह



काठमाडौं, १ कार्तिक । महिला हिँसाको बिरुद्धमा निमार्ण गरिएको सामाजिक चलचित्र ‘रुद्रप्रियाको बारेमा कानुनविद्हरुले खुलेर प्रसँशा गरेका छन् । नेपालका चर्चित पत्रकार एवम् वलिक स्वागत नेपालले नायिका रेखा थापाको जीवन ‘ट्रनिङ पोईन्ट’ मा उभिएको तर्क गरेका छन् ।

नायिका रेखा थापाले निमार्ण गरेको चलचित्र ‘रुद्रप्रिया’मा समाविष्ट पात्र, परिवेश र सन्देशका बारेमा उनले भनेका छन्,‘मैले रेखा जिको राजनीतिक विषयलाई जोडेर भनेको छैन्, उनले चलिचित्रमा उठाउदै आएको महिला विषयलाई गहनतामा लिएर खोतल्ने प्रयास भएको छ, अब नेपाली समाज र दर्शकले उनको यो योगदानलाई कसरी लिन्छ।’

स्वागत नेपाल रेखा थापाले हिजोका दिनमा गरेका अल्लारे घटना भन्दा धेरै पर पुगेको तर्क गर्दै भन्छन्,‘न्यायको लागि लड्ने तरिका, न्याय र समानताका पक्षमा उभिएर समाजलाई जागृत बनाउने काममा अग्रसर भएको अवस्थामा रेखा थापाले बस्तु तथा व्यक्तिबीचको मनोविज्ञानलाई उठाउन खोजेकी छन्, यो कदम समाजका लागि एकदमै सकारात्मक छ।’

त्यस्तै अर्का वकिल दिलिप भट्टले भनेका छन्,‘चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर शो हेर्दा लाग्यो नेपाली चलचित्रको विकास व्यापक रुपमा भएको छ, चलचित्रको आधाभागमा पुग्दा पनि चलचित्र कता गएर अन्त्य हुन्छ थाह हुँदैन, चलचित्रको अन्त्य हुने प्रक्रियाले नेपालका धेरै विषयलाई सम्बोधन गरेको छ, जुन कुराहरु जो कोहीले हेक्का राख्न सक्दैन।’

उनले भनेका छन्,‘साउथ यशियामै यस्ता चलचित्र कम बनेका छन्, अवार्डमा नोमिनेसन हुने आट बाकेको चलचित्र हो, पात्रको अभिनय र भोग्नु परेका नियतीहरुको बारेमा व्यक्तिले दिने प्रतिक्रियाहरु कस्ता हुन्छन त ? भन्नेखालका कुराहरु सरल र आधुनिक डंढले उठाउनु भएको छ, चलचि पुरै उत्सुकतामै सकिन्छ, दर्शकलाई आफुतिर तान्न सफल छ।’

चलचित्र ‘रुद्रप्रिया’ को साझा वहसमा लयर्सहरु भट्ट र नेपालले यस्ता प्रकारका चलचित्र निमार्णले समाजलाई सकारात्मक दिशाबोध गराउने तर्कमा एकमत भएका छन् । सामाजिक सन्देश र गम्भिर विषय उठानका हिसावले पनि यो चलचित्र हेर्नुपर्ने बताउछन् ।

चलचित्रका मुख्य पात्र रेखा थापा र आर्यन सिग्देलले विगतका भन्दा फरका अनुभवहरु सुनाएका छन। कानुनी माध्यायसँग जोडेर चलचित्रलाई वहसमा उतारिएको सायद यो पहिलो चलचित्र हुनसक्छ। चलचित्र रुद्रप्रिया भोलि देखि प्रदर्शनमा आउदै छ ।



प्रतिक्रिया दिनुहोस्