Logo

सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन आफूले अगाडी बढाएको : नेता भट्ट



कञ्चनपुर, ९ मंसिर (रासस) : नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह सम्भाव्यता अध्ययनको कार्य आफू वाणिज्यमन्त्री हुँदा अगाडि बढाएको बताउनुभएको छ ।

आज बिहान पार्टीका कार्यकर्ताहरुसँग कुराकानी गर्दै उहाँले भारतसँग सहज व्यापार सञ्चालनका लागि सुख्खा बन्दरगाह बनाउनुपर्छ भनेर यसको सम्भाव्यता अध्ययन गराएको बताउनुभयो ।

नेता भट्टले “त्यति बेला सुख्खा बन्दरगाह बनाउनका लागि लागत अनुमान रु साढे छ अर्ब गरिएको थियो, अहिले बढेको होला,” भन्दै सुख्खा बन्दरगाह र महाकालीमा पुलको अवधारणा त्यति बेला नै आएको हो, अहिले काँग्रेसले मुख्य चुनावी एजेण्डा बनाएर हामीले अगाडि बढाएको भनेर सुन्दा आफू आश्चर्यमा परेकोे बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्