Logo

ओलीविरुद्ध यसरी खनिईन आरजु राणा



कैलाली, ९ मंसिर । प्रधानमन्त्री पत्नी तथा नेपाली कांगे्रस कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधि सभा उमेद्धार डा. आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने दाबी गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकाको वडा नं १२ को चुनावी सभालाई संबोधन गर्दै कांग्रेस देउवाले सो कुरा बताएकी हुन् ।  उनले एमाले अध्यक्ष केपी ओली ७ नंबर प्रदेशको बारेमा अनविज्ञ रहेको आरोप लगाउँदै देउवाले डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद’ रहेको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘केपि ओलीले डडेल्धुरा पुगेर शेरबहादुरले केहि नि गरेन् भनेर भाषण गर्नु भयो रे, ‘मलाइ लाग्छ उहाँ यो क्षेत्रमा कहिल्यै आउनुभएको थिएन ।’

नेतृ देउवाले पञ्चायतकालसम्म राजधानी जान पनि भारत भएर जानुपर्ने यस क्षेत्रमा पुल, सडक, स्वास्थ्य चौकी, स्कूल, कलेज सबै नेपाली कांग्रेसको सरकारको पालामा बनेको र अझ धेरै कुरा गर्न बाँकी रहेको बताइन् ।

उनले पश्चिम सेती, पञ्चेश्वर आयोजना अगाडि बढाउने काम कसले गरेको हो भनेर ओलीलाई सोध्ने मन भएको समेत उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्