Logo

प्रदेश नं ७ को आर्थिक विकासले तीव्र गति लिँदैछ : डा आरजु



धनगढी, ९ मंसिर : नेपाली का“ग्रेसकी नेत्री डा आरजु देउवाले प्रदेश नं ७ (सुदूरपश्चिम) मा आर्थिक विकासको गति तीव्र बन्ने बताउनुभएको छ ।

का“ग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको अन्तक्र्रियामा कैलाली क्षेत्र नं ५ मा का“ग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा देउवाले कृषि, वन पैदावार, जडिबुटी, जलस्रोत र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर कैलालीलगायत प्रदेश नम्बर ७ को विकासको दीर्घकालीन विकास योजना बनाइने बताउनुभयो ।

खुटिया दिपायल द्रुतमार्ग, गौरीफन्टा सीमानाकाको स्तरोन्नति, सेती अञ्चल अस्पताललाई तीन सय शैयासहितको सुविधासम्पन्न क्षेत्रीय अस्पतालमा रुपान्तरण, धनगढी उपमहानगरपालिमा व्यवस्थित र आधुनिकीकरणलगायत विकास योजना अघि बढिसकेको बताउँदै उहाँले सेती अञ्चल अस्पताललाई तीन सय शैयाको अस्पताल बनाउने काम केही दिनभित्रै अघि बढ्छ भन्नुभयो ।

सो अवसरमा उद्योगपति विनोदकुमार चौधरीले तीव्र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्तिको जीत आवश्यक रहेको बताउनुभयो । पूर्वसांसद शिक्षासेवी उमेश श्रेष्ठले प्रदेश नं ७ को तीव्र आर्थिक समृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइने बताउनुभयो ।

कैलाली क्षेत्र नं ४ का उम्मेदवार सुनीलकुमार भण्डारीले लोकतन्त्र तथा पछिल्ला राजनीतिक उपलब्धिको रक्षाका लागि का“ग्रेसको विजय आवश्यक रहेको बताउनुभयो । का“ग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ५ का प्रदेशसभा सदस्य (ख) उम्मेदवार डिल्लीराज पन्त, प्रदेशसभा सदस्य (क) उम्मेदवार जीवन राना, पूर्वसांसद प्यारेलाल राना, राप्रपाका जिल्ला अध्यक्ष जनक कु“वरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्