काठमाडौं, १ चैत्र ।बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले प्रधानन्यायाधीशको राजिनामाले एउटा राम्रो निकास दिएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको राजिनामाले न्यायालयलाई दुर्घट्ना हुनबाट जोगाएको छ, यो राम्रो कुरा हो।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मैनालीले राजनीतिक भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्दा न्यायालय आज यो अवस्थामा गुज्रिनु परेको स्पष्ट पारे । उनले भने,‘न्यायाधीश नियुक्ती ईमानदारिता, योग्यता र क्षमताको आधारमा गरिनुपर्छ।’
त्यस्तै उनले न्यायापालिकाभित्र विकृति, विसंगति र भ्रष्टाचार भएको कुरा न्यायाधीशहरुकै सम्मेलनले स्विकारिसकेकोले यस्तो विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्नको लागि संसदभित्र एउटा शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।
ट्रान्स्परेन्सी ईन्टरनेश्नलले पनि प्रहरीपछि दोस्रो भ्रष्टाचार हुने निकाय न्यायालय भएको देखाएको र संसदीय सुनुवाई समितिपनि औचित्यहिन भएकोले अब यसलाई रोक्नको लागि समिति गठन गर्न आवश्यक रहेको उनको भनाई थियो ।