काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ लाभको काममा गर्दै पुजा गरिएको छ ।
दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका हुन ।
उहाले गृहजिल्ला दाङको विकासमा पुर्याएको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै स्वास्थ्य लाभको कामनासहित पूजा गरिएको कांग्रेस कार्यकर्ताले बताएका छ्न ।
नेता खड्काको हाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको स्वास्थ्य बिग्रँदै गएपछि बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।