बाँके, १४ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै विशेष नेतालाई भन्दापनि कांग्रेस पार्टीलाई जोगाउन आफूहरु लागिपरेको बताए ।
बाँके जिल्ला नेपाल प्रेस यूनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले अब नेपाली कांग्रेसलाई विधानसम्मत ढंगले चलाउनुपर्ने चुनौती रहेको बताए । अहिले पाटि बिधिबिधान सम्वत तरिकाले नचलेकाले यो दुर्गति ब्यहोरनु परेको बताए ।
पत्रकार भेटघाटमा केबल बोल्नको लागि मात्र बोल्ने होईन सहि अर्थमा पार्टीलाई बलियो बनाउन विधि सम्वत लैजान आफुहरु लागि पर्नेमा जोड दिए ।
उनले भने,‘पार्टी सभापति शेरबहादुर देउवाप्रति केहि आक्रोश व्यक्त गर्दै सिंहले पार्टी सभापतिले विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षण गर्दै आउनुभएको छ।’
उनले अघि थपे,‘अब त्यस्तो हिसाबले चल्दैन पार्टी सभापति सबैको सभापति बन्नुस् भने आफु हरुको धारणा रहे पनि उहाँ आफ्नु गुठको सल्लाह मा मात्रचलेको र सरकार मा हुदा दिनानुदिन अलोक प्रिय निरणय गरेकाले यसतो हालत भयको बताउनु भयको थियो विधानअनुरुप चल्नुपर्यो । सबैलाई मिलाएर अगाडि बढ्नुपर्यो ।’
वाम गठबन्धनको साम्यावादी व्यवस्था ल्याउन उद्घोष गरेको अवस्थामा सर्वोच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूकहाँ ल्याएकोमा त्रास उत्पन्न गराएको उनले बताए ।
उनले कुनैपनि अधिनायकवादी व्यवस्था शीत कांग्रेस नझुकने भनदै गुणर दोषको आधारमा सरकार को समर्थन र बिरोध रहने बताए ।
हाल केन्द्रीय समिति बैठक जारि रहेकाले चुनावी समिक्षाका अतिरिक्त पाटि सुधारको लागि विधि वत महत्त्वपूर्ण निर्णय हुने समेत बताउनु हुँदै नेपाल को आन्तरिक मामिलामा बाहिय हस्तक्षेप जुन कुनै बहानामा आफु हरुलाई सुकार्य नहुने समेत बताए ।