चैत १४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण बारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरु भएको छ । चैत २३ गतेदेखि प्रधानमन्त्रीको ओलीको भारत भ्रमणलाई प्राथमिकतामा राखेर बैठक बसेको हो ।
केही दिनअघि देखि नै प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ गतेदेखि हुने चर्चा भए पनि सरकारले अहिलेसम्म यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
मन्त्रीपरिषद् बैठकले श्वेत पत्र जारी गर्ने विषयमा पनि छलफल गर्ने बताइएको छ ।