Logo

शाही कू हुँदा रिपोर्टर्स क्लबले संसदको भूमिका खेलेको थियो : रमेश लेखक



संघर्षशील पत्रकारितामा ऋषि धमलाको योगदान अनुकरणीय छ

निमकान्त पाण्डे, वरिष्ठ पत्रकार
ऋषिजी, तपाईलाई धेरै धेरै बधाई छ । रिपोर्टर्स क्लब नेपाल, जसलाई तपाईले देशव्यापी बनाइसक्नुभएको छ । पत्रकारहरुको चौतारीको रुपमा सबै पत्रकारलाई समेट्नुभएको छ । सशक्त सचारमाध्यमको रुपमा समाचारको माध्यम बनाउनुभएको छ । संस्थालाई २० वर्षे तन्नेरी बनाउनुभएको छ । यसका लागि रिपोर्टर्स क्लबमा कार्यरत सबैलाई बधाई ।

संघर्षशील पत्रकारितामा ऋषि धमलाको योगदान अनुकरणीय छ । मैले चिन्दा ऋषि धमला सडकमा पत्रिका बेचेर हिँड्थ्यो । हकरको अवस्थाबाट आफ्नो विद्यार्थी जीवन र हकरको हैसियतमा तपाईले अलिकति भए पनि आर्थिक जोहो गरेर अगाडि बढ्नुभएको छ । आज तपाईले यो हैसियत प्राप्त गर्नुभएको छ, जुन वास्तवमै पत्रकारिता गर्नेहरुका लागि उदाहरण हो । पैसा नहुनेले कसरी पत्रकारिता गर्ने भन्ने चिन्तामा रहेका पत्रकारहरुका लागि तपाई अनुकरणीय व्यक्ति हो ।

रमेश लेखक, नेता, नेपाली कांग्रेस
ऋषिजी तपाईलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईको नेतृत्वमा रहेको रिपोर्टर्स क्लबको २० औँ वर्षमा प्रवेश गरेकोमा समग्र टिमलाई बधाई दिन चाहन्छु । मैले २० वर्षको अवधिमा रिपोर्टर्स क्लबलाई नजिकबाट हेर्ने मौका पाएको छु । यसअर्थमा तपाईहरुको भूमिकाको म ज्यादा सराहना गर्न चाहन्छु ।

नेपालको लोकतान्त्रिक आन्दोलन (६२–६३) मा, शान्ति प्रक्रिया, संविधान निर्माण र कार्यान्वयनमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान छ । यसबिचमा पनि तपाईको भूमिका अत्यन्त ज्यादा प्रशंसनीय रहेको छ ।

जुन बेला राजा ज्ञानेन्द्रले शाषन आफ्नो हातमा लिएर लोकतन्त्रवादी नेताहरुलाई बन्दी र थुनामा राखेका थिए । त्यसबेला रिपोर्टस क्लबले संसदको भुमिका खेलेको थियो । क्लबले दिनभरी बहस चलाएर लोकतन्त्रको पक्षमा बहस खेलेको म स्मरण गर्दछु । त्यसबेला लोकतन्त्रको पक्षमा क्लबले सबैलाई उत्साहित बनाउने काम गरेको थियो ।

नराम्रा कुरालाई खबरदारी गर्ने र राम्रा कुरालाई प्रोत्साहन गर्ने काम क्लबले गरेको छ । सबै दलका नेताहरुलाई सन्तुलित रुपमा आफ्ना विचारहरु राख्ने मौका दिइएको छ ।

रिपोर्टस क्लबको उत्तरोत्तर प्रगति होस् ।



प्रतिक्रिया दिनुहोस्