कालिकोट, १९ चैत । जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकी श्रीमति चन्दा शाहीले सट्टामा शिक्षक राखेर तलव खाएको समाचार निराधार भएको दाबि गरेका छन् ।
रिपोर्टर्सनेपालसँगको कुराकानिमा जिसिअ तिवारीले मंसिर २१ गते राजिनामा दिईसकेको स्पष्ट पारेका छन् । उनले व्यक्तिगत रिसिईविका कारण मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उनकी श्रीमतीको चरित्र हत्या गर्ने काम भएको बताएका हुन ।
जिशिअ तिवारीले भने,‘चन्दा शाहीले पाँच महिना पहिले नै राजिनामा दिईसक्नु भएको हो, व्यक्तिगत कारणलाई लिएर बद्नाम गर्ने नियतले समाचार आएका छन् सबै समाचार निराधार छन् ।’
तिवारीले अघि थपे,‘जतिपनि समाचार आए, कुनै पनि पत्रकारले मलाई सोधेर समाचार बनाएनन्, एकतर्फि समाचार हुँदैन, दोस्रो पक्षको पनि प्रतिक्रिया लिनुपर्छ, आजको प्रविधिको जमनामा सन्तुलित समाचार बनाउनको लागि सम्बन्धित पक्षलाई एक कल फोन गरेर सोध्न सकिन्थ्यो नि ?’
सट्टामा खेताला शिक्षक राखेर तलव बुझेको आरोप पनि लगाएका छन् नि भनेर सोधेको प्रश्नको जवाफमा उनले भने हामीले पाँच महिना पहिले अनुगमन गर्दा ६५ जना त्यस्ता शिक्षक भेटेका थियौं त्यसपछि जिल्लामा एक जना पनि त्यस्ता खाले शिक्षक छैनन् ।’
उनले अघि थपे,‘चन्दा शाहीले पढाउनु भएको तलव बुझ्नु भएको हो, निर्वाचन पछि उहाँले जागिर छोड्नु भएको हो, जति पनि समाचार आएका छन, यि सबै समाचार आधारहिन छन्।’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जोडेर उनकी श्रीमती चन्दा शाहीले १८ लाख पैसा बुझेको समाचार भाईरल बनेपछि हामीले जिल्ला शिक्षा अधिकारीसँग टेलिफोन सम्पर्क गरेका थियौँ ।