काठमाडौं, २१ चैत्र । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ वोन क्यापेलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारमा रहेको सभामुखको कार्यालयमा बुधबार स्वीट्जरल्याण्डका राजदूत क्यापेलरले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्नेबारेमा पहल बढाउनुपर्ने धारणा राखेका थिए ।
भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वा्चित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेकी थिइन् ।
शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गरे ।
सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् ।