कास्की, २३ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कास्कीकाे लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई कृषि विश्वविद्यालयका रुपमा अगाडि बढाउन सकिने बताउनुभएकाे छ।
शुक्रबार लुम्लेस्थित अनुसन्धान केन्द्रमा भएकाे अन्तर्क्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष तिमिल्सिनाले अब साे केन्द्रलाई चार नम्बर प्रदेशकै नमुना विश्वविद्यालयका रुपमा स्थापना गर्न अाफ्नाे तर्फबाट पहल गर्ने बनाउनुभयाे ।
प्रदेश ४ का केही सांसद, स्थानीय जनप्रतिनिधि तथा अनुसन्धान केन्द्रका कर्मचारी उपस्थित उक्त अन्तर्क्रियामा उहाँले विश्वविद्यालय सँगै कृषिसम्बन्धि अनुसन्धानमा देशकै नमुना लुम्ले केन्द्र बन्न सक्ने धारणा राख्नुभयाे।
अन्तर्क्रियामा साे केन्द्रकाे स्थापनाकाल देखि अहिलेसम्मका गतिविधिबारे जानकारी गराइएको थियाे।