Logo

कानून मन्त्रीसँग एकै दिन अमेरिका, अष्ट्रेलिया र जापानका राजदूतहरुको भेटवार्ता (तस्विरसहित)



काठमाडौँ, २७ चैत : कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग नेपालका लागि आज तीन देशका राजदूतले छुट्टाछुट्टै समयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्री तामाङसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडस् र संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिज्ले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

उहाँसँग शिष्टाचार भेटघाट गर्दै नेपालका लागि जापानका राजदूत ओगावाले जापानले नेपालको कानूनको पुनःसंरचना, शिक्षा, जलविद्युत् र विकासको पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्दै आपसी सहयोग गर्ने बताउनुभएको थियो ।

यस्तै मन्त्री तामाङसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत वडले ‘भ्रष्टाचार र भ्रष्टाचारको अनुसन्धान’ विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री तामाङसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत टेप्लिजले नेपालको कानूनी शासन, स्वच्छ, सक्षम न्यायपालिका, साइबर क्राइमलगायतका विषयमा छलफल गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्