Logo

व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिन सरकार तयार छ, कसैले मागेपनि चन्दा नदिनुहोस् : मन्त्री महासेठ



काठमाडौं, २८ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले ठेक्कापट्टामा ‘मनी’ र ‘मसल’ प्रयोग गर्ने दिन सकिएको उद्धघोष गरेका छन् ।

बुधबार यवसासीहरुसँगग मन्त्रालयले आयोजना विशेष गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री महासेठले यस्तो बताएका हुन् । उनले ठेकेदारको अनुहार हेरेर टेण्डर अवार्ड गर्ने अवस्था अब कायम नरहने पनि स्पष्ट पारे ।

मन्त्री महासेठले सरकारले कानुन र बिधिअनुसार काम गरिरहेको भन्दै निर्माण व्यवसायीले पनि त्यसलाई मान्नुपर्ने बताएका छन् ।

उनले अघि भनेका छन्,“‘हिजो केके भए सबै बिर्सनुस्, अब हामी एकअर्काको परिपुरक भएर काम गर्ने हो, भ्रष्टाचारको अन्त्य माथिल्लो तहबाटै कम गर्न सरकारले काम गर्छ । तपाईंहरु पनि आफूले जिम्मा लिएका कामलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुस् ।’

भारत र चीनले नेपाल नबनाइदिने भन्दै महासेठले अब देशभित्रैको सीप, प्रविधि र जनशक्तिलाई उपयोग गरेर विकास आयोजनाको काम गर्नुपर्ने धारणा राखे । उनले थपे,“अब राजनीतिक परिवर्तनका लागि लड्ने दिन छैन । अब विकास नै गर्ने हो, अब तपाईं र हामी मिलेर काम गर्ने हो ।’

उनले निर्माण व्यवसायीले गर्ने काम गुणस्तरको हुनुपर्ने भन्दै त्यसका लागि राज्यले पुरा गर्नुपर्ने दायित्वमा आफू पूर्ण प्रतिवद्ध रहने धारणा राखे ।

त्यस्तै उनले सार्वजनिक खरिद ऐनमा समस्या छन् भने त्यसलाई सच्याउन आफूहरु पूर्ण रुपमा तयार रहेको स्पष्ट पारे । उनले तोकिएको समयमा काम सक्ने जिम्मेवारी पनि निर्माण व्यवसायीकै भएको जिकिर गरे ।

उनले व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिन सरकार तयार रहेको बताउादै कसैले मागेपनि चन्दा नदिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्