Logo

केपी ओली ‘नयाँ राजा बन्न खोजेको’ भन्दै नेविसंघको जुलुस (फोटोफिचर)



काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

अध्यक्ष नैनसिंह महर नेृत्वको नेविसंघका नेता कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधामन्त्री केपी शर्मा ओली ‘नयाँ राजा बन्न खोजेको’ आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।

ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘कम्युनिष्ट अतिवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘अधिनायकवाद मुर्दावाद’ ‘गोविन्द केसीको माग सम्बोधन गर’ लगायतका नारा लगाएका थिए ।

सरकारले तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा सरकारले प्रदर्शनका लागि रोक लगाएको माईतिघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गरेको छ ।

सरकारले प्रदर्शनका लागि माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरे पनि नेविसंघले प्रदर्शनी गरेको हो । ‘कम्युनिस्ट अधिनायकवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘कांग्रेस सरकारले ल्याएको चिकित्सा विधेयक लागू गर’ लगायतका नारा लेखिएका प्लेकाड बोकेर नेविसंघ प्रदर्शनमा उत्रिएको थियो ।

आन्दोलनको अग्रपङ्ती रहेका अध्यक्ष नैनसिंह महरले भने, केपी ओलीको सरकार सर्वसत्तावादतिर जाँदैछ, ओलीको यो चाहनालाई नेविसंघले कदापी पूरा हुन दिँदैन ।  महरले सरकार अधिनायकवादी शैलीबाट अगाडि बढेको छ केपी ओली सच्चिएनन् भने सडक आन्दोलनबाटै सत्ताच्युत गर्ने चेतावनी दिए ।  तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्