असार २५, काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भन्दै विभिन्न बुँदागत माग राखेर अनशन बसेका गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
उनको मागबारे सरकारले वेवास्ता गरेको भन्दै सदन र सडकमा विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केसीको मागलाई मुख्य एजेण्डाको रुपमा अघि सारेको छ भने नागरिक समाजले पनि साथ दिएको छ ।
तर सरकारले भने अहिलेसम्म केसीको मागलाई नकारात्मक टिप्पणी नै गरेको छ । प्रधानमन्त्री केपी ओलीलगायत अन्य मन्त्रीहरुले केसी एक जनाको मागलाई सम्बोधन गर्न नसकिने प्रतिक्रिया दिइरहेका छन् ।
सम्बन्धित समाचार :
गोविन्द केसीलाई गलाएरै छोड्ने ओलीको रणनीति !
काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग औचित्यहिन र वाहियात हो : डा. मिश्र
प्रधानमन्त्री, गृहमन्त्री र शिक्षामन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउँछ : डा. केसी
केसीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै सर्वत्र विरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले केसीलाई वार्तामा बोलाएर अल्झाउने रणनीति लिएको बुझिएको छ ।
वार्तामा बोलाएर फकाउने र अनशन तोड्न लगाउने तर माग भने पूरा नगर्ने ओलीको रणनीति रहेको दाबी गरिएको छ ।
केसीले भनेजस्तो माग पूरा गर्दा आफ्नै पार्टीका नेता कार्यकर्ता रिसाउने अवस्था भएकाले पनि ओली केसीको माग पूरा नगर्ने पक्षमा उभिएका हुन् ।
विभिन्न मेडिकल कलेजमा नेकपाका नेताहरुको लगानी भएकाले गोविन्द केसीले भनेजस्तो गरी चिकित्सा शिक्षा विधेयक पारित गराउँदा ति मेडिकल कलेजहरुले मान्यता नपाउने स्थिती छ ।