मोहन तामाङ : संखुवासभा, २८ असार । २८ संखुवासभाको पाँचखपन नगरपालिका वाड नम्बर ६ वानामा २० वर्षपछि बेठी लगाएर धान रोपाइँ सम्पन्न भएको छ । यो भन्दा २० वर्र्ष अगाडी बेठी लगाएर धान रोप्ने गरेका थिए । तर त्यसपछि भने यसरी बेठी लगाएर धान रोप्ने संस्कार हराईसकेको थियो ।
पुरानो संस्कार संस्कृति लोभ भईरहँदा पछिल्लो पुस्तामा आफ्नो संस्कार र संस्कृति के हो ? भनि थाह नहुने हुदाँ उक्त संस्कार बचाई राख्नको लागि पाँचखपन नगरपालिका वानामा बेठी लागाइ धान रोप्ने कार्य आयोजना बुधबार २७ गते गरेको बिष्णु श्रेष्टले बताए ।
रोपाँइमा नगरपालिकाका विभिन्न स्थानका मानिसहरुको उपस्थिती रहेको थियो । ५० भन्दा बढि रोपार र १२ हल गोरु ५० जना बाउसे रहेर उक्त रोपाइँ लगभग ४ घण्टा समय लगाएर सकाइएको थियो ।
पाँचखपन नगरपालिकाका मेयर बिपिन राई पनि हल गोरु लिएर हिलोमा खटिएका थिए । केही समय अगाडि सुकिला सुकिला कपडा अनि जोसकासाथ खेतमा पसेका उनीहरु केही समय पछि चिन्न नसक्ने गरि हिलाम्मे भईसकेका थिए । बेठि हेर्न कै लागि पनि विभिन्न ठाँउबाट थुप्रै मानिसहरु भेला भएका थिए । बुधबार दिउसो ११ बजेबाट बेठि रोपाई सूरु भएको थियो ।
बिहानै देखि हेर्नेहरुको निकै ठुलो उपस्थिती रहेको र सकिने बेलामा उनीहरु पनि हिलोमा खेल्नलाई रोपाइँ तिर गएका थिए । रोपाइँमा रोपारहरुलाई सय सय रुपया दिएको थियो भने १२ हल गोरु मध्येमा उत्कृष्ट साउने र गोरु कुदाउने पहिलो, देस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः २५००, १५००, १०००, र ५०० पुरस्कार समेतको ब्यवस्था गरिएको थियो ।