असार २९, काठमाण्डौ । जुम्लामा पुगेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यअवस्था जटील बन्दै गएपछि उनको उपचारका लागि सरकारले विशेष योजना बनाएको छ ।
काठमाडौंबाट गएका चिकित्सकहरुबाट डा. केसीले उपचार लिन नमानेकाले अब के गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल गरेका थिए ।
सम्बन्धित समाचार :
डा. गोविन्द केसीको अनशन १४औँ दिनमा, कस्तो छ अवस्था
गोविन्द केसी अभियानद्धारा ओलीलाई मार्सी चामल उपहार ! (तस्बिरहरू)
प्रधानमन्त्री ओलीको राणनीति : गोविन्द केसीसँग वार्ता गर्ने, माग पूरा नगर्ने
छलफलपछि सरकरभाले डा. केसीको अवस्था बुझ्न टोली जुम्ला पठाउने र आवश्यक भए काठमाडौं ल्याएर उपचार गराउने निष्कर्ष निकालेको हो ।
केसीलाई जुनसुकै बेलापनि काठमाण्डौ ल्याएर उपचार गराउनपर्ने अवस्थाआउन सक्ने भएकाले बुधबारदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा छ ।
तर, डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने अडान लिएका छन् । केसीको अडानका कारण सरकारले स्वास्थ्य अवस्था गम्भीर नै भयो भने बलपूर्वक काठमाडौं ल्याएर भए पनि उपचार गराउँने तयारी गरेको छ ।
डा. केसीलाई स्वास प्रस्वासमा कठिनाई भइरहेको छ । लगातार अनसन बसेका कारण डा. केसीको शरीर निकै कमजोर भएकाले यो पटक ६–७ दिनमा नै गलेका छन् । त्यसमाथि जुम्लाको चिसो मौसमले पनि उनको स्वास्थ्य अवथा थप जटिल बेनको हो ।
सरकारले डा. केसीसँग वार्ता गर्नुपूर्व उनको उपचार गर्नुपर्नेमा जोड दिएको छ ।