Logo

निधिले देउवालाई रामचन्द्रसँग मिल्न नदिने, रामचन्द्रलाईपनि ‘थ्रेट’ !



काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग मिलेर जाने तयारी गरिरहेको बेला उपसभापति विमलेन्द्र निधिले देउवालाई नमिल्ने दबाब दिएका छन् ।

स्रोतका अनुसार पछिल्लो समय सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच निरन्तर भेटवार्ताहरु भैरहेका छन् । केही समय अघिमात्रै सभापति देउवाले नेता पौडेललाई आफ्नो निवासमा बोलाएर डिनर खुवाएका थिए । कांग्रेसलाई एकताबद्ध रुपमा अघि बढाउन दुवै नेता सहमत भएका खबरहरु आएका थिए ।

हुन पनि देउवाले पौडेललाई आगामी दिनमा एकताबद्ध जानुपर्नेबारे आफू निकै गम्भिर रहेको भन्दै मिलेर जान आश्वस्त तुल्याएका थिए । नेता पौडेलपनि आफ्ना पुत्र चिन्तन पौडेललाई साथमा लिएर देउवा निवास पुगेका थिए ।

सम्बन्धित समाचार :

EXCLUSIVE :देउवा र पौडेलबीच ऐतिहासिक मिलन, यस्तो भयो सहमति

देउवा र पौडेलको एकाएक मन मिल्यो, भोलि विशेष भेट !

तर पार्टीका उपसभापति निधिले भने आगामी महाधिवेशनमा आफू नै सभापति बन्ने भन्दै वर्तमान सभपति देउवालाई नेता पौडेलसँग मिल्न नदिने भएका छन् । स्रोतका अनुसार निधिले यसबारेमा देउवासँग आफ्नो असन्तुष्टि पोखिसकेका छन् ।

नेता निधिले आफू निकटका नेताहरुसँग भन्न थालेका छन्,‘सभापतिजीलाई मैले आफ्नो भनाई स्पष्ट रुपमा राखिसकेको छु, आगामी सभापति म हुन्छु, अहिले तपाईले कसैसँग पनि सम्झौता नगर्नुहोस् भनेकाु छु।’

कांग्रेसभित्र आन्तरिक सहमति गर्ने देउवाको योजना रोक्नको लागि निधि नै लागिपरिरहेको एक जना कांग्रेस नेताले बताए । उता नेता पौडेल पक्षका नेतात्रय प्रकाशमानसिंह, रामशरण महत र कृष्ण प्रसाद सिटौलापनि अहिले देउवासँग सम्झौता गर्न नहुने पक्षमा छन् । स्रोतका अनुसार उनीहरुपनि देउवा पक्षका नेता निधिझैं सभापति र बरिष्ठ नेताबीचको एकताबद्ध भएर जाने योजना भत्काउने खेलमा लागेका छन् ।

सभापति देउवासँग मिले राम्रो नहुने थ्रेट आफू पक्षधर नेताहरुले बरिष्ठ नेता पौडेललाई दिईसकेको स्रोतको दाबी छ । नेता पौडेलपनि यतिवेला दोधारमा छन् ।



प्रतिक्रिया दिनुहोस्