काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरुको पछिल्लो पर्फर्मेन्स त्यति सन्तोषजनक देखिएको छैन् । प्रधानमन्त्री ओली आफ्ना मन्त्रीहरुको कार्यशैलीलाई लिएर असन्तुष्ट बनेका छन् ।
सरकार गठन भएको चार महिना बितिसक्दापनि जनताले प्रत्यक्ष राहत पाउनेगरि कुनै काम गर्न नसकेकोमा मन्त्रीहरुसँग ओली रुष्ट छन् । सरकारको हनिमुन पिरियड समापन हुने बित्तिकैपनि मन्त्रीहरुलाई बोलाएर ओलीले जनताको हितमा काम गर्न कडा निर्देशन दिएका थिए । ओलीले निर्देशनमात्रै दिएका छैनन, आगामी तीन महिनाभित्र नसच्चिए गलत गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्नेसम्मको चेतावनी दिएको प्रधानमन्त्री निकट उच्च स्रोतले जनाएको छ ।
यता उपप्रधान् एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सरकारमा सहभागी भएदेखि राजनीतिक वृत्तमा उनको चर्चा ह्वात्तै घटेको छ । सरकारमा जानुपुर्व उनको चर्चा जताततै देखिएको थियो । तर, सरकारमा गएपछि उनको चर्चा कम भएको छ । मधेशको मुद्दा सम्बोधन गर्न समेत उनले कुनै पहल नगरेको भन्दै मधेशी जनताले पनि यादवसँग आक्रोश पोखेका छन् ।
सरकारमा गएपछि उपेन्द्र बद्नाम भएको भन्नेहरुपनि प्रशस्तै छन् । यादव यतिवेला मुद्दाको हिसावले कमजोर भएको बताउनेहरुको कुनै कमी छैन । मन्त्रालयमा पनि उनले खासै जनतामा सकारात्मक प्रभाव छोड्ने खालको कुनै काम गर्न सकेका छैनन् ।