काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओली अनशनरत डाक्टर गोविन्द केसीको मागप्रति अनुदार बन्दै गएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाक्टर केसीका जायज मागहरु पूरा भैसकेकोले सरकार केसीसँग झुक्ने पक्षमा नरहेको आफू निकटका नेताहरुसँग बताएका छन् ।
सम्बन्धित समाचार :
गोविन्द केसीलाई गलाएरै छोड्ने ओलीको रणनीति !
प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘आकाश खसोस् वा भुकम्प जाओस म डाक्टर केसीसँग सम्झौता गर्दिन् । उनका जायज मागहरु पूरा भैसकेका छन्।’ यद्धपी ओलीले केसीको स्वास्थ्योपचारको लागि सरकार गम्भिर रहेको बताउँदै केसीलाई काठमाडौं ल्याउन हमेशा तयारी अवस्थामा रहेको विश्वास दिलाएका छन् ।