Logo

फोहोरले काठमाडौंलाई यसरी गिज्याईरहेको छ (फोटोफिचर)



काठमाडौं, २ साउन । काठमाडौं नेपालको मुटु हो । हाम्रो देशको राजधानी कत्ति सफा छ भन्ने दुरदराजका जनताले (जो कहिल्यै काठमाडौं आएका छैनन) ले ठानेका होलान् । तर, काठमाडौंको हालत सौन्दर्यताको हिसाबले दिनप्रतिदिन कुरुप बन्दै गएको छ ।

राजधानीमा मुलुक हाँक्ने प्रधानमन्त्री, मन्त्रीदेखि उच्च पदस्थ कर्मचारीहरु बस्छन् । तर, काठमाडौंका गल्ली गल्लीका सडकहरुमा थुपरिएका फोहोरको थु्रपोले भने नराम्ररीसँग सरकारलाई गिच्याईरहेको छ । मुलुकको ईज्जत र प्रतिष्ठा जोडिएको राजधानी शहर काठमाडौंको यो हालत सायद कसैलेपनि कल्पना गर्न सक्ने कुरा होईन् ।

काठमाडौंका चोक चोक तथा गल्ली गल्लीमा थोपरिएको फोहोरले स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालबारे नकारात्मक सन्देश प्रवाह गरेको छ । तर, यो फोहोरका ढिस्काहरु उठाउनतर्फ सरकारको कुनै चासो छैन् ।

नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेको छ ।

ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले सातायता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न नसकिरहेका खबरहरु दिनदिनै बाहिर आएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्