जुम्ला, ३ साउन : अस्पताल भित्र प्रहरीले बल प्रयोग गरेर दर्जनौलाई घाइते बनाएपछि २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी सरकारी हेलिकप्टर चढेर आफू काठमाडौं नजाने अडान लिएका छन्।
बिहिबार बिहान प्रहरीले अस्पतालमा बल प्रयोग गरेपछि डाक्टर केसीले ‘अस्पतालमा गुन्डागर्दी नगर म काठमाडौं जान तयार छु’ भनेका थिए।
त्यसैबीच प्रहरीले अस्पताल भित्र रहेका डाक्टर, नर्स र विद्यार्थीमाथि बल प्रयोगका क्रममा तीन जना डाक्टरसहित दर्जनौ विद्यार्थी, विरामी कुरूवा र एक जना प्रहरी घाइते भएका थिए। अस्पतालका उपकरण तथा भौतिक संरचनामा क्षति पुगेको छ।