काठमाडौँ, ४ साउन / नेपाल बार एशोशिएशनले प्रा डा गोविन्द केसीको माग तत्कालै सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
बारका महासचिव खम्मबहादुर खातीले आज प्रेस विज्ञप्ति जारी गरी नागरिकको जीउधनको सुरक्षा, स्वतन्त्रता तथा मानवाधिकार रक्षाप्रति सरकार र सम्बन्धित पक्षलाई पूर्ण उत्तरदायीपूर्ण र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
डा.केसीलाई बिहीबार सरकारले बलजफ्ती गरेर जुम्लाबाट काठमाडौं ल्याएर टिचिङ अस्पतालमा राखिएको छ। उनी अस्पतालमै अनसन जारी राखेका छन्।