Logo

गगन, कान्तिपुर, सेतो पाटी, नागरिक, शुशीला, कृष्ण पहाडी र रविन्द्र मिश्रलाई केसी किन चाहियो ?(भिडियो)



साउन ५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले गोविन्द केसीको मागका विषयमा अनावश्यक प्रोपोगाण्डा गरिएको आरोप लगाएका छन् ।

सासंदसमेत रहेका बस्नेतले अहिलेको सरकारलाई विकास विराधीहरुले असफल बनाउन लागेको बताए ।

सम्बन्धित समाचार :

माइतिघर र वानेश्वरमा यसरी हल्लियो सरकार, दृश्यमा ज्ञानेन्द्र शाषन कै जस्तो दमन

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

डाक्टर गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशिला कार्की

कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा छैनौं, तर निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित (भिडियोसहित)

ओलीविरुद्ध सुशिला कार्की, बाबुराम, गगनदेखि मनिषा कोइरालासम्म सडकमा (फोटो र भिडियोसहित)

बिना शर्त वार्तामा आउन केसीलाई सरकारको आग्रह, विधेयक फिर्ता नगरे वार्ता नगर्ने केसीको अडान

“केपी ओली गुण्डा हो, प्रचण्ड मान्छे मारेर आएको हो । यस्तो हल्ला किन चलाइयो । यो सबै राम्रा कामलाई असफल बनाउनका लागि हो ।” बस्नेतले भने ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बस्नेतले गोविन्द केसीले भनेजस्तो माथेमा आयोगको प्रतिवेदनका आधारका चिकित्सा शिक्षा विधेयक बन्न नसक्ने जिकिर गरे ।

केसीको मागका पछाडि केही मिडिया र व्यक्तिहरु लाग्नु दुखद भएको भन्दै बस्नेतले भने, “गगन थापा, कान्तिपुर, सेतो पाटी, नागरिक, शुशीला कार्की, कृष्ण पहाडी र रविन्द्र मिश्रलाई गोविन्द केसी किन चाहियो ?”

जनता जान्न चाहान्छन ~ Prime Times Television

जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रतक्ष्य प्रसारणहाम्रो युटुब च्यानललाई सब्स्क्राइब गर्नुहोस: https://bit.ly/2KLSapTहाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस: https://bit.ly/2ISRWvhहामीलाई ट्वीटरमा फलो गर्नुहोस: https://twitter.com/primetimestvnepSubscribe Us On Youtube: https://bit.ly/2KLSapTLike Our Facebook Page: https://www.facebook.com/primetimestvnepalFollow us on twitter: https://twitter.com/primetimestvnep

Posted by Prime Times Television, Nepal on Saturday, 21 July 2018

कान्तिपुर दैनिकले हतियारधारी अस्पतालभित्र प्रवेश गरेको भन्ने समाचार लेखेर गलत काम गरेको बस्नेतको आरोप छ ।

यता कांग्रेसका नेता भिमसेनदास प्रधानले भने सरकारले लोकतन्त्रविरोधी शैली देखाएकाले सडकमा उत्रनु परेको दाबी गरेका छन् ।

“सरकारले जनहित विपरित काम गर्यो । आयोगको सुझाब तोडमोड गर्न पाइदैन । जुम्लामा गोली चलाउन आवश्यक थिएन ।” प्रधानले भने ।

लोकतन्त्रमा विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित गर्न खोजेको भन्दै प्रधानले आज वानेश्वरमा गरिएको दमनको विरोध गरे ।



प्रतिक्रिया दिनुहोस्