काठमाडौँ, ६ साउन । रोनाल्डोले ग्रिसमा बिदा मनाएर फर्किने बेला होटका कामदारलाई ठूलो रकम टिप दिएका छन् । रोनाल्डोले रुसमा भएको विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि बिदा मनाउन ग्रिस गएका थिए ।
यो पनि पढ्नुहोस्
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
मुटुको शल्यक्रिया र रोनाल्डोको बाल्यकाल
ग्रिसको पेलोपोन्नेसीमा रहेको कोस्टा नाभारिनोको रोयल मेथोनी भिल्लाबाट चेकआउट गर्ने बेला टिपको रुपमा २० हजार युरो छोडे । उनले त्यो टिप रिसोर्टका कामदारले समान रुपमा बाँडेर लिनु पर्ने बताएका थिए । रिसोर्टमा रोनाल्डोलाई सेवा प्रदान गर्नका लागि १० जना होटल कामदार खटिएका थिए ।
ग्रिक अनलाई स्पोटर्स म्यागजिन स्पोर्टाइम डट जिआरले भनेको छ, ‘१० कर्मचारी जो रोनाल्डो र उनको परिवारलाई सेवा प्रदान गर्न र पापाराजीबाट जोगाउनका लागि खटिएका थिए, उनीहरु हरेकले दई हजार युरो टिप पाएका छन् ।’
साभारः एच खवर