काठमाडौँ,८ साउन । क्रिकेट, रेसलिंग, बँक्सिंग, हाँकी, कबड्डी,बेटमिंटन जस्ता खेलमा संसारिक नक्सामा भारतको नाम भेटिन समय लाग्दैन ।
भारतले जति सम्मान खेलको क्रममा पाएको छ त्यसमा फुटबलमो योगदान नभएकै कारण अब भारतीय फुटबल खेलाडीहरु यो खेललाई विश्वकपसम्म लैजान २०२६ सम्मको तयारीमा लागेका छन ।
यो पनि पढ्नुहोस्
फुटबलमा नेपालको प्रगतिः नेपालको झण्डा बोकेर बिश्वकप हर्ने रहर कहिले पुरा हुन्छ ?
फिफाको बरियता क्रममा भारत ९७ स्थानमा रहेको छ । पुर्व फुटबलर तथा भारतीय महिला टोलीमा कोच रहिसकेका अनादि बरुआको भनाई अनुसार २०२६ मा हुने विश्वकपमा ३२ टिमको ठाउँमा ४८ टिम रहने छन ।
अहिले एशियाका ४ टोलीले भाग लिईरहेको विश्वकपमा २०२६ मा हुने विश्वकपमा ८ टीम रहने र त्यसमा भारतपनि एक रहने कुरा उनले बताएका हुन ।त्यो सुनौलो अवसरको लागि भारतीय फुटबल संध हर प्रयासको पछि लागेको पनि उनले जानकारी गराएका छन ।