काठमाडौं, १० साउन । अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको वार्तामा सहमति हुने करिब करिब निश्चित भएको छ ।
स्रोतका अनुसार अहिले दुवै टोलीबीच सिंहदरबारमा वार्ता जारी छ । वार्तामा केसीले उठाएका संशोधनका केही बुँदाहरुलाई विद्येयकमा समेट्ने भएपछि आज सहमति हुने निश्चित् भएको हो ।
वार्तामा ठोस सहमति हुनेबित्तिकै डाक्टर केसीको अनशन आजै साँझ तोडिनेछ । केसीलाई जुस खुवाउन नेकपाका नेता सुवास नेम्वाङ जाने बुझिएको छ ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता नेम्वाङले भने,‘दुवै पक्षबीचको वार्ताको लागि मैले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको हुँ । आज सहमति हुने निश्चित् छ । म आँफै अनशनरत डाक्टर केसीलाइ भेट्न जान्छु।’