Logo

सुरेन्द्र भण्डारी भन्छन् : अबको एक घण्टामा ‘गुड न्यूज’ सुन्नुहुन्छ



काठमाडौं, १० साउन । सरकार र अनशनरत डाक्टर गोविन्द केसीबीचको वार्ता सहमति नजिक पुगेको छ ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको दुवै पक्षबीचको वार्ता सहमति नजिक पुगेको हो । स्रोतका अनुसार आजको वार्ताबाट ७ बुँदे सहमति भएको छ ।

सहमतिका भएका ७ वटा बुँदाहरु बोकेर केसीको तर्फबाट वार्ता टोलीमा सहभागी सदस्यहरु डाक्टर केसीलाई भेट्न त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् ।

यता वार्तामा सहभागी डाक्टर केसीका तर्फका सदस्य डा. सुरेन्द्र भण्डारीले दिएको जानकारी अनुसार अबको एक घण्टाभित्र मिडियाका साथीहरुले गुड न्यूज सुन्न पाउने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्