साउन १४, काठमाण्डौ । नेपाल बंगलादेश बैँकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले अब बैँकहरुले व्याजदर घटाउने दाबी गरेका छन् ।
टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै ढुंगानाले यस्तो बताएका हुन् ।
नेपाल बंगलादेश बैँकले पछिल्लो समय पर्यटन, कृषि र हाइड्रोमा लगानी बढाउने नीति लिएको उनले बताए ।
बैँकबाट ऋण लगेर पैसा तिर्न नसक्नेको सम्पत्ति लिलामी गर्नु बैँकको बाध्यता भए पनि आफूहरुले त्यस्ता ऋणिप्रति नरम व्यवहार गर्ने गरेको उनको दाबी छ ।
ढुंगानाले वार्षिक एक करोड २० लाख रुपैयाँ तलब खाने गरेका छन् ।