साउन १४, हेटौँडा । व्यवसायी समाजसेवी तथा मकवानपुर क्रिकेट संघका सस्थापक अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुरका पूर्व क्रिकेट क्याप्टेन निरज श्रेष्ठलाई उपचारको लागि ५० हजार रुपैया सहयोग गरेका छन् ।
जिल्ला खेलकुद बिकाश समिति मकवानपुरमा भएको एक कार्यक्रममा संस्थापक सुमार्गीले मकवानपुर क्रिकेट संघका कोषाध्यक्ष समेत रहेका श्रेष्ठका बुवा दामोदर श्रेष्ठलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।
पूर्व क्याप्टेन श्रेष्ठ यतिबेला स्वास्थमा गम्भीर समस्याका कारण भारतको दिल्लीमा उपचारत छन् । श्रेष्ठको उपचार महँगो भएको र उपचारमा समस्या रहेको थाहा पाएपछि संस्थापक अध्यक्षको नाताले आर्थिक सहयोग गरेको व्यवसायी सुमार्गीले बताए ।
बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो, अहिले पनि आर्थिक अभावका कारण धेरै मानिस समस्यामा रहेका छन् । राज्यले पनि यस्ता रोगीहरुको उपचारमा सहजीकरण गर्नु पर्छ । सुमार्गीले भने ।
उपचाररत श्रेष्ठको पनि मकवानपुरको क्रिकेटको बिकाशमा २ दशक देखि नै उतीकै योगदान रहेको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर क्रिकेट संघका कार्यबाहक अध्यक्ष करण महत्रा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।