Logo

मन्त्री महासेठसँग प्रधानमन्त्री ओली असन्तुष्ट, हटाउनेबारे नेकपाभित्र छलफल



साउन १८, काठमाण्डौ । अहिलेको सरकार मन्त्रीहरुमध्ये सबैभन्दा विवादित मन्त्रीको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ देखिएका छन् ।

यातायात क्षेत्रको सिन्डकेट अन्त्य गर्ने अभियान सुरु गर्दा प्रशंशा बटुलेका मन्त्री रघुवीर महासेठ पछिल्लो समय त्यही सिन्डिकेटलाई निरन्तरता दिने अभियानमा लागेको अरोप लागेको छ ।

सिन्डिकेटधारीलाई कानुनी कारबाहीमा ल्याउने गृहमन्त्री रामबहादुर थापाको अभियानमा असहयोग गरेको आरोप पनि उनी माथि लागेको छ ।

त्यसैगरी सिन्डिकेट अन्त्यका लागि प्रतिवद्ध भएर लागेका यातायात व्यवास्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरेपछि पनि महासेठ आलोचित भए ।
सिन्डिकेट हटाउन नेतृत्वदायी भूमिका खेलेका विभागका महानिर्देशक भट्टराईलाई मन्त्री महासेठले मन्त्रालय तानेका थिए ।

यातायात व्यवसायीसँग मोटो रकम घुस खाएर सिन्डिकेट हटाउने अभियान तुहाएको आरोपले कमजोर बनाएको मन्त्री महासेठलाई प्रधानमन्त्री केपी ओलीले समेत मन पराउन छाडेको चर्चा छ ।

झण्डै दुई तिहाई बहुमतसहितको सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् । त्यसैले सरकारका काम कारबाहीलाई अहिले सबैले नजिकबाट नियालिरहेका छन् ।

आजको दिनसम्म आइपुग्दासम्म यो सरकारले आलोचना बढी सहनुपरेको छ । त्यसैले अबका दिनमा कसरी प्रशशा बटुल्ने वा जनपक्षीय काम गर्ने भन्ने विषयमा स्वयम प्रधानमन्त्री ओली चिन्तित हुनु स्वभाविक नै हो । ५ वर्षभित्रमा देशको अवस्थामा धेरै सुधार गर्नुपर्ने चुनौति बोकेका प्रधानमन्त्रीले ओलीले आफ्नो मन्त्रीमण्डलका सदस्यहरुप्रति निगरानी बढाएका छन् ।

प्रधानमन्त्री ओलीको निर्देशनमा उनको सचिवालयले अहिले मन्त्रीहरुको मूल्यांकन गरिरहेको छ । मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिएको समाचारहरु सावजनिक भएका थिए ।

रेड जोन अर्थात जोखिमको सूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित परेका छन् ।

लालबाबुले प्रभावकारी काम गर्न नसके पनि नराम्रो काम नै भने गरेको पाइएको छैन । तर महासेठले भने कामभन्दा पनि घुस र कमिसनमा आँखा लगाउने गरेको कतिपयको आरोप छ ।

त्यसैले उनलाई मन्त्रीमण्डलमा राख्ने कि हटाउने भन्ने सम्मको सोचमा प्रधानमन्त्री ओली पुगेका छन् ।

एक जना मन्त्रीले नराम्रो काम गर्दा सरकारलाई नै नकारात्मक असर पर्ने भएकाले नेकपा भित्रैबाट पनि रघुवीरलाई हटाउन दबाब आउन थालेको बताइन्छ ।

सम्बन्धित समाचार :

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो-लालबाबु र रघुवीर असफल, कोको भए सफल ?

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो-लालबाबु र रघुवीर असफल, कोको भए सफल ?

मन्त्रीहरुले आफूमात्रै हिरो बन्ने काम गरेको भन्दै ओली रुष्ट

सरकारको सय दिन : प्रधानमन्त्री केही मन्त्रीसँग रुष्ट

क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

यातायात व्यवसायीको सबै सम्पत्ति राष्ट्रिकरण गर्छु, सिन्डिकेट हटेन भने राजिनामा दिन्छु(भिडियोसहित)

‘सिण्डिकेट फिर्ता हुँदैन, गलत गर्नेलाई कारबाही गर्न नसके राजिनामा दिन्छु’

खै सिन्डिकेट खारेज भएको ? मन्त्री महासेठ भन्छन्,-सिन्डिकेट अन्त्यसँगै सेवाप्रवाहमा सुधार

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ



प्रतिक्रिया दिनुहोस्