Logo

अन्तिम साउने सोमबार, पशुपतिमा बोलबम सेल्फि-फोटो फिचर



धनराज वास्तविक: काठमाडौं ,२८ साउन । नेपाली हिन्दू धर्मावलम्बीहरुले साउन महिनालाई चाँड पर्वको सूरुवातीको महिनाको रुपमा लिने गर्दछन् । साउनमा महिलाहरुले भगवान शिवको पूजा-आराधना गर्दछन् ।

साउन महिनाको अर्को आकर्षण भनेको बोलबम पनि हो । शिवभक्तहरु पहेंलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन् । जसलाई बोलबम यात्रा भनिन्छ । बोलबम यात्रीहरुको क्रियाकलापहरुले यस्तो भन्न सकिन्छ, बद्लिदो समय क्रमअनुसार बोलमब पनि परिवर्तन हुँदैछ ।

बोलबम यात्रका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ । पहिलो सोमबारबाट सुरु हुने बोलबम यात्रालाई तेस्रो सोमबारको दिन विशेष यात्राका रुपमा लिइन्छ ।आज, साउन महिनाको अन्तिम सोमबार । बोलबम यात्रीहरुले पशुपतिमा पुगेर पूजा आराधना गरेका छन् । यात्रामा बालबालिका, युवादेखि जेष्ठ नागरिकसम्म सहभागी भएको देख्न सकिन्छ ।

तस्बिर: मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्