काठमाडौं,३० साउन । राष्ट्रिय खेलकुद परिषद ‘राखेप’को एथ्लेटिक्स संघको मंगलबारलाई तय भएको निर्वाचित साधारणसभा भदौ २२ गतेसम्मका लागि स्थगित भएको छ।
एसियाली खेलकुदको तयारीमा रहेको भन्दै राखेपले निर्वाचन रोक्न निर्देशन गरेपछि साधारणसभा स्थगित गर्नु परेको नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बताएका छन ।
‘एसियाली खेलकुदलाई मध्यनजर गर्दै हामीले कार्यसमितिको निर्वाचन भदौ २२ गतेलाई तोकेका छौं,’ शाहले भने, ‘राखेपले एसियाली खेलकुदका लागि तत्काललाई साधारण सभा रोक्ने निर्देशन दिएको हो । एसियाली खेलकुद सकिएपछि उपयुक्त समय हेरेर जुनसुकै दिन पनि साधारणसभा गराउन सक्ने बताएको छ।’
संघको गत जेठमा वसेको कार्यसमिति वैठकले साउन २९ मंगलबार गते चितवनको सौराहामा निर्वाचित साधारणसभा गर्ने निर्णय गरेको थियो।