काठमाडौँ, १ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।
बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत रहेको जनाईएपनि दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन। एक स्थान माथि उक्लेको भारत भने ९६ औं स्थानमा रहेको छ भने माल्दिभ्स १५० औं स्थानमा रहेको छ ।
विश्वकप बिजेता फ्रान्स ६ स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेको हो।नयाँ वरीयताको शीर्ष स्थानमा फ्रान्स रहेको छ। दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा उरुग्वे रहेको छ।
यस्तै स्विजरल्याण्ड आठौं, स्पेन नवौ र डेनमार्क दशौं स्थानमा छ। लियोनल मेस्सीको अर्जेन्टिना भने ६ स्थान तल झर्दै ११ औं स्थानमा पुगेको छ। रुस विश्वकपपछि इंग्ल्यान्ड छैटौं स्थानमा उक्लिदा तीन स्थान तल झर्दै पोर्चुगल सातौं स्थानमा रहेको छ।