Logo

महतोको प्रश्न : ओलीले मधेशको लागि के गरेका छन् र हामीले सम्मान गर्नु ?



काठमाडौं, २ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको विकासको लागि केही पनि नगरेको आरोप लगाएका छन् ।

प्राईम टाईम टेलिभिजनमा आज राति ९ बजे प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेता महतोले संविधान संशोधन तत्काल गर्न सरकारले पहल गर्नुपर्ने पनि माग गरे । यदि संविधान संशोधनमा ढिलासुस्ती गरिए आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको पनि उनले खुलासा गरेका छन् ।

त्यस्तै उनले प्रदेश नम्बर २ को प्रदेश सभामा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दा राजपाका सांसदहरुले स्वतस्र्फुत रुपमा विरोध गरेको पनि जनाए । उनले भने,‘ओलीजीसँग तराई मधेशका जनता रुष्ट छन् । उहाँको आजको सम्बोधन राजपाका सांसदहरुले स्वतस्र्फूत रुपमा बहिष्कार गर्नुभएको हो ।’

प्रधानमन्त्री ओलीले मधेशको विकास गर्छु भनेर भाषणमात्रै गरेको पनि उनले आरोप लगाए । उनले भने,‘ओलीले मधेशको लागि के गरेका छन् र हामीले सम्मान गर्नु ?’ महतोले भाषण गर्न छोडेर विकास गर्न सरकारलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्