भदौ २, काठमाण्डौ । कुनैबेला काठमाडौंको मुटु भनेर चिनिने रानीपोखरी अहिले झारपोखरी बन्दै गएको छ । पोखरीमा कलकल आवाज दिदै टलटल पानी टहकिनुपर्ने हो । तर, २०७२ वैशाख १२ को भुकम्पले रानीपोखरीमा क्षति पु¥याएको थियो । समयमा सरोकारवालाले चासो नदेखाउँदा अहिले यसको पुर्ननिर्माण अन्यौलमा परेको छ ।
रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने भएको छ । अब काठमाडौं महानगरपालिका आफैंले रानीपोखरी निर्माण गर्नेछ भने स्वरुप पनि पुरानै हुने सम्भावना बढेको छ ।
रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, पटकपटक विवादका कारण काम हुन नसकेपछि महानगरले सेनालाई जिम्मा दिने प्रस्ताव र्गयो, जसमा लगभग सहमति जुटेको थियो ।
तर, पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली आए लगतै सेनालाई दिने तयारी रोकिएको छ ।
पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी पुननिर्माणको टेण्डर आहृवान, निर्माण लगायतको ठोस कार्यतालिका ल्याउन पनि निर्देशन दिएको छ ।
राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले इस्र्वी.संम्वत् १६६५ मा रानी पोखरी निर्माण गरेका थिए । गएको २०७२ साल बैशाख १२ गतेको महाबिनाशकारी भुकम्पले मन्दिरको गजुर सहित रानी पोखरिलाई ध्वस्त बनाएको छ । भुकम्प गएको एक बर्ष पछि २०७३ बैशाख १२ गते राष्ट्रपति बिद्यादेबि भण्डारीले पुर्ननिर्माण कोषको सिलन्यास गरेकी थिइन् ।
त्यतिबेला देखिनै पुन र्निमाणको काम सुरु हुन पर्ने हो । तर रानि पाखेरीको स्वरुप कस्तो र कसरी बनाउने भन्ने बारेको बिवादपछि रोकिएको पुनर्निमाण कार्य अझै सुरु हुन सेकेको छैन । रानीपोखरी पुनःनिर्माणको काम नहुदै अहिलेसम्म दुई करोड ५० लाख खर्च सकिएको छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि कति लागत लाग्ने लेखाजोखा नभएको र निर्माण कम्पनीलाई जिम्मा लगाइसकेको काठमाडौं महानगरले जनाएको छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पटक पटक रानी पोखरीको पुर्न र्निमाणका लागि टेण्डर आवह्रान गर्ने बताउँदै आएका छन् । तर आजसम्म पनि टेण्डर आवहा्रन हुन सकेको छैन । गएको जेठ १५ गते बाटनै पुर्ननिर्माणको काम शुरु गर्ने भनिए पनि विवादका कारण अझै काम सुरु हुन नसकेको हो । तर, काठमाडौं महानगर भने पुर्ननिर्माणको काम सबै अन्तिम चरणमा पुगेको र अब छिटै काम शुरु हुने बताईरहेको छ ।
प्रताप मल्लकालिन पुरानै शैली, स्वरुपमा बनाउने भनिएको रानीपोखरी कस्तो बन्ला ? अझै अनिश्चित छ । प्रताप मल्लले वि.सं १७२७ मा दुई वर्ष लगाएर बनाएको रानी पोखरीको इतिहास र अस्थित्व आखिर कस्ले बचाउने ? सबैमा एउटा प्रश्नचिह्न खडा भएको छ । । २०७२ बैशाख १२ को भूकम्पका कारण भत्किएको रानीपोखरी अहिले बिचरा भन्ने अवस्थामा छ ।
सम्बन्धित समाचार :