Logo

आजको खेल चाइनिज ताइपेइसँग



काठमाडौँ, ६ भदौ । इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।

समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने जकार्तामा रहोकाभलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । एशियाली खेलकूद प्रतियोगितामा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको हो ।

नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरबबहादुर बम र विशालबहादुर विक रहेका छन् । प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोन्जे तथा व्यवस्थापकमा भरतबहादुर शाह रहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्