भदौ ६, काठमाण्डौ । कलंकीको अण्डरपास वे पुनः बन्द भएको छ । भदौ १ गते बेलुकादेखि संचालनमा ल्याइएको अण्डरपास आजदेखि एक हप्ताका लागि बन्द गरिएको हो ।
निर्माणकार्य अझै बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले सवारी साधन आवतजावतमा रोक लगाएको हो
नेपालकै पहिलो अण्डरपास भदौ १ गतेदेखि सुरु भएको थियो । काम बाँकी रहेकाले बुधबारदेखि एक हप्ताका लागि बन्द गरिएको ट्राफिक प्रहरी तथा चक्रपथ सुधार आयोजनाले जनाएको छ । परीक्षणका लागि सुरु गरिएको अण्डरपास बुधबार बिहानदेखि बन्द भएको हो । अण्डरपास खुलाए पनि अत्यधिक धुलो उडेकाले सफाईका लागि बन्द गर्नु परेको हो ।
अण्डरपास कसरी चलाउने भन्ने बारे जानकारी नभए पनि बाटो खुलाउन हतारो गरी खुलाउँला समस्या भएको हो । गाडी चालकमा पनि अन्यौलता बढेकाले बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी छ । सँधै जाम भइरहने कलंकीमा अण्डरपास खुले पछि सहज हुने भनिए पनि तयारी पनि सञ्चालनमा ल्याउँदा आयोजनालाई नै समस्या परेको छ ।
अण्डरपास परीक्षणकै लागि भए पनि सञ्चालनमा आउँदा कलंकी क्षेत्रमा हुने गरेको जाम धेरै हदसम्म हटेको थियो । अण्डरपास बन्द भएसँगै फेरि जामको समस्या बल्झिएको छ । अण्डरपासको लम्बाई ८ सय मिटर छ । नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नवित्दै बन्द भएपछि पुनः सवारी आवागमनमा समस्या आएको छ ।
अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट भनदा बढि जाममा बस्न बाध्य भएको छन् । केही दिन परीक्षणका लागि मात्र सुरु गरिएको र पुर्णरुपमा निर्माण कार्य सम्पन्ननभएकोले काम सम्पन्न गर्न केहीदिन बन्द गर्नु पर्ने भएको भन्दै कलंकी अण्डर पास बन्द गरिएको हो । आयोजनाले एक सातापछि पुन अण्डरपास सञ्चालन गर्ने बताउको छ । चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो ।
साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्तत भदौ १ गते बिहीबारदेखि सञ्चालनमा आएको थियो । सन् दुई हजार १६ मा निर्माण काय सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो । पटकपटक समय थप गरी निर्माण गरिए पनि सञ्चालनमा आउन अझै केहि समय लाग्ने संकेत देखिएको छ ।