काठमाडौँ ।एसोसिएसनका पूर्व प्रमुख जोसे मरिया मारिनलाई भ्रष्टाचार आरोपमा चार वर्षको जेल सजाय सुनाईएको छ।
८६ वर्षीय जोसेले स्पोटर्सको मार्केटिङ्ग गर्ने कम्पनीबाट खेल प्रशारण गर्न दिने शर्तमा ठूलो रकम लिएकोमा दोषी ठहर गरिएको थियो । उनले कोपा अमेरिकासहितका प्रतियोगिताहरुका खेल प्रशारण गर्न दिने शर्तमा घुस लिएको पुष्टि भएको जनाईएको छ।
उनले १२ लाख अमेरिकी डलर जरिवाना पनि तिर्नु पर्ने भएको जनाईएको छ। यस्तै ३३ लाख ४० हजार अमेरिकी डलर दण्ड स्वरुप तिर्न पनि आदेश दिएको छ ।उनीसहित विश्व फुटबलको प्रशासकीय निकाय फिफाका सातजनालाई भ्रष्टाचार आरोपमा सन् २०१५ को मे मा ज्युरिचमा रहेको होटलबाट पक्राउ गरिएको थियो ।
सन् २०१२ देखि २०१५ सम्म जोसे ब्राजिलियन फुटबल एसोसिएसनको प्रमुख थिए रहेका थिए। एजेन्सी