Logo

ब्याडमिन्टनमा नेपालले आज पाँच खेलमा प्रतिस्पर्धा गर्ने



काठमाडौँ । इन्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी नङशल तामाङल प्रिक्वाटरफाइनलमा प्रवेश गर्दे आशाको दियो जयाएकी छन ।

महिला सिङ्गल्सको खेलमा जेशिका थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ ले पछि परेपनि जिबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरेकी छिन। ।

पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मङ्गोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दिपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए ।

महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले नि पछि पारेको थियो । ब्याडमिन्टनमा नेपालले आज पाँच खेलमा प्रतिस्पर्धा गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्