Logo

कञ्चनपुरमा गोली चल्यो : १ को मृत्यु, २ जना गम्भीर घाइते



कञ्चनपुर, ८ भदौ :  बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ ।

प्रहरीको गोलीबाट कञ्चनपुर भीमदत्तनगरपालिका भासीका १३ वर्षीय किशोर भट्टको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र मनोज खड्का रहेका छन् ।

करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।



प्रतिक्रिया दिनुहोस्