Logo

ब्याडमिन्टन कभर्डहल निर्माणका लागि हङ्कङबाट सहयोग



पोखरा । कास्की जिल्ला ब्याडमिनटन सङ्घको पहलमा रङ्गशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कभर्डहल निर्माणका लागि हङ्कङबाट रु १६ लाख ३३ हजार ९९२ प्राप्त भएको छ ।

‘सत्रौँ जिल्लास्तरीय अन्तर विद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७५’ का अवसरमा हङ्कङ नेपाल ब्याडमिन्टन एशोसिएशनका सदस्य दुर्गाबहादुर गुरुङले सङ्घका जिल्ला अध्यक्ष डम्बर गुरुङलाई हस्तान्तरण गरेका छन।

उक्त रकम हङ्कङ नेपाल ब्याडमिन्टन एशोसिएशनको पहलमा सङ्कलन गरिएको हो । कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सक्रियतामा लगभग तीन करोड ५० लाख लागतमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कभर्डहल निर्माण भइरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्