Logo

‘समृद्धिलाई मजाकको विषय बनाउनु हुँदैन’ : पूर्वमन्त्री साह



काठमाडौं, ११ भदौ । पूर्वमन्त्री एवम् नेकपाका नेता प्रभु साहले देश नयाँ युगतर्फ अघि बढिरहेकोले अब नेपाली पत्रकारिता जगतपनि त्यही दिशातिर जानुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने,‘हिजो राजनीतिक खिचातानी थियो, तर अहिले त्यस्तो छैन । अब देश आर्थिक समृद्धिको दिशातर्फ लागेको छ ।’

समृद्धिको एजेण्डा आम नेपाली जनता, पार्टी र पत्रकारहरुको हुनुपर्ने उनको जोड छ । उनले भने,‘समृद्धिलाई मजाकको विषय बनाउनु हुँदैन ।’ उनले राजतन्त्रलाई समाप्त पार्न सबैको साझा एजेण्डा रहेको सुनाउँदै अब समृद्धिको लागि पनि त्यही अनुसारको साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्