Logo

आगन्तुकलाई त्रिभुवन विमानस्थलमा प्रवेश निषेध-विज्ञप्तीसहित



काठमाडौं । त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्य आगन्तुकलाई प्रवेश निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यात्रुबाहेक अन्यलाई प्रवेशमा रोक लगाएको हो ।

बिमस्टेक शिखर सम्मेलनमा पाहुनाको आवागमन र सुरक्षालाई ध्यान दिदै यस्तो व्यवस्था गरिएको हो । विमानस्थलमा एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयोगी मात्र भित्र लिएर जान सक्नेछन् ।

सहयोगीले पनि १० देखि १५ मिनेट सम्ममा बाहिर आइसक्नुपर्नेछ । त्यस्तै, भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ ।

विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्