Logo

सार्कभन्दा आर्थिक हिसावले विमस्टेक नै बढि उपयोगी : डा. भट्टराई



काठमाडौं, १३ भदौ। नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक हितका लागि बिमस्टेकको प्रवद्र्धनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

संयोजक भट्टराईले यातायात र संचार तथा लगानी र व्यापार विस्तारका दृष्टिले विमस्टेक अति उपयोगी क्षेत्रीय संगठन भएकाले नेपालले त्यसको प्रवद्र्धनमा जोड दिनुपर्ने तर्क समेत गरे । बिहिबारबाट काठमाडौंमा विमस्टेक चौंथो शिखर सम्मेलन हुँदैछ ।

सोही सम्मेलनका विषयमा बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले विमस्टेकलाई सार्कको विकल्पको रुपमा लिन नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सार्कको नेपालसँग ऐतिहासिक महत्व रहेको तर आर्थिक हिसावले विमस्टेक नै बढि उपयोगी हुने संयोजक भट्टराईको दावी छ ।

संयोजक भट्टराईले नेपालले समुन्द्रसँगको सहज पहँुचका लागि पनि बिमस्टेकसँगको सम्बन्धलाई जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले नेपालको जलविद्युतको व्यापारका लागि पनि भारतको विकल्प चीनभन्दा बंगालका खाडीका मुलुकहरु उपयोयी हुने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्