काठमाडौं, १४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नशालु पदार्थसम्बन्धी विषयमा आफूहरु विम्स्टेक फ्रेमवर्कमा एक सम्मेलनको आयोजना गर्नको लागि तयार रहेको बताएका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको चौथो विम्स्टेक शिखर सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । उनले भने,‘हामीमध्ये यस्तो कोही देश छैन होला, जसले आतंकवाद अथवा आतंकवादसँग जोडिएको टा«न्स–नेश्नल अपराधी र ड्रग टा«फिकिङस्तो समस्याको सामना नगरेको होला ।’
मोदीले अघि भनेका छन्,‘नशालु पदार्थसम्बन्धी विषयमा हामी विमस्टेकको फ्रेमवर्कभित्र रहेर एउटा भव्य सम्मेनलको आयोजना गर्न भारत तयार छ ।’
हिमालय र बंगालको खाडीसँग जोडिएका देशहरु भएकाले बारम्बार प्राकृतिक आपत्तको सामना गर्न परिरहनु परेको उल्लेख गर्दै मोदीले भने,‘कहिले बाढी, कहिले साईक्लोन, कहिले भुकम्प, त्यसैले यो सन्दर्भमा एक अर्काको साथ ह्युम्यानिटिरियन एसिस्टान्स र डिजास्टर रिलिफको लागि हाम्रो प्रयास धेरै आवश्यक छ।’
बंगालको खाडी क्षेत्रममा कला, संस्कृति, सामुन्द्रिक कानुन एवम् अन्य विषयमा पनि शोधको लागि आफूले नालन्दा विश्वविद्यालयमा सेन्टर फर बेअ अफ बंगाल स्टडिजको स्थापना गर्ने मोदीले जानकारी दिए ।
आउने सन् २०२० मा भारतले ईन्टरनेश्नल बुदिष्ट कनक्लेभको आयोजना गर्ने जनाउँदै उनले भने,‘म सबै विमस्टेक सदस्य राष्ट्रहरुलाई यो अवसरमा गेष्ट अफ अनरको रुपमा भाग लिनको लागि निमन्त्रणा दिन चाहन्छु।’
डिजिटल कनेक्टिभीटिको क्षेत्रमा भारतले आफ्नो नेश्नल नलेज नेटवर्कको श्रीलंका, बंगलादेश, भुटान र नेपालमा बढाउनको लागि पहिल्यैदेखि नै प्रतिबद्ध रहेको पनि मोदीले सुनाए ।