Logo

कर्मचारी अपुगका कारण कामगर्न कठिन भयोः मुख्यमन्त्री शाही



काठमाडौं । संघीय सरकारले कर्मचारी समायोजनमा प्रभावकारी कदम चाल्न नसक्दा त्यसको असर प्रदेश सरकारलाई पर्न गएको छ । प्रदेश सरकारले छिटो, छरितो र प्रभावकारी काम गरेर देखाउनु पर्ने अवस्था भएकाले पनि कर्मचारी समायोजन महत्वपूर्ण पाटो बनेको हो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हामीले कर्मचारी समायोजनमा भईरहेको ढिलाईले के-कस्तो असर पारेको छ नी ? भनेर सोधेका थियौ ।

यस प्रश्नको जवाफमा उनले भने,‘संघीय सरकारले कर्मचारी समायोजनका बारेमा प्रभावकारी कदम चाल्न सकेको छैन्, त्यसको असर प्रदेश सरकारलाई परेको छ, अर्को तर्फ कर्मचारीहरु पनि प्रदेशका विभिन्न भू-भागमा पुगेर सेवा दिन मञ्जुर भएको पाईदैन ।’

उनले अघि थपे,‘सरकारले खटाएको ठाउँमा पुगेर कर्मचारीहरुले जनताको सेवामा समर्पित हुनुपर्छ, यहाँ त पैसा बोकेर घर जान पाउनुपर्छ भनिदैछ, कसरी समृद्धिको अभियान सफल हुन्छ ? सरकारले मात्रै चाहेर कुनैपनि काम हुँदैन, कर्मचारी, जनताको ठूलो हात रहन्छ, प्रदेश सरकारले निर्वाचनको बेलामा गरेका चुवानी बाचा अनुरुप जनताको काम गरेर देखाउनु पर्ने वाध्यता छ, प्रदेशमा कर्मचारी नभएर कामगर्न समस्या भईरहेको छ, कर्मचारी समायोजन गरेर संघीय सरकारले कर्मचारी उपलब्ध चाँडो गरोस् भन्ने मेरो आग्रह हो।’

मुख्यमन्त्री शाहीले,‘प्रदेश सरकारले चालेका कदमहरुमा सम्पूर्णको साथ र हात रहनुपर्छ, मिलेर विकासको गति तीव्रपार्ने बनाउने हो,सम्पूर्ण परिवर्तन एकैचोटी सम्भव हुँदैन, विस्तारै सबै कुराहरुको समाधान हुँदै जान्छ, केही समस्या कर्मचारी अपुग भएर सिर्जना भएका छन्, केही समस्या बिरोधका लागि बिरोध गर्नेहरुले गर्दा सिर्जना भएका छन् ।’

प्रदेश सरकार संक्रमण अवस्थाबाट गुज्रि रहेको बताउँदै मुख्यमन्त्री शाहीले राम्रा काममासाथ दिन र जनताको हित विपरित कुनै कामछन् भने आलोचना गर्न सुझाव दिएका छन् । उनले भने,‘मेरो सबैलाई आग्रह छ, प्रदेश सरकारले सूरु गरेका, थालनी गरेका राम्रा काममा साथ दिनुहोस्, सरकार जनताको पक्षमा काम गर्ने भएपनि कुनै कामहरु गल्ति हुनगएमा सचेत गराउने र आलोचना गर्ने ठाउँ रहन्छ, त्यसमा सुझाव दिनुपर्छ ।’

केही दिन अघि श्रमशिविरमा उत्रिनु भयो नि ? लोकप्रियताको लागि हो या साच्चै जनतालाई जागरुक बनाउनको लागि हो ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भने,‘जनताले अपेक्षा अनुसारको काम गर्न सकिएको छैन्, यो सत्य हो, संक्रमण अवस्थामा सरकारले काम गरिहरको छ, कर्मचारी छैनन्, भौतिक पूर्वाधार छैनन्, सिस्टम बनेको छैन्, सबै कुराहरु बन्ने क्रममा छन्।’

मुख्यमन्त्री शाहीले भने,‘महिनाको १ गते र १५ गतेलाई श्रमदान गर्ने दिनको रुपमा मनाउने भनेर निर्णय गर्यौ त्यसै अनुरुमा हामी मैदानमा उत्रिएका हौं, कुनै लोकप्रियताको लागि होईन, सबैले काम गर्नुपर्छ, हाम्रै पालामा मुलुक समृद्ध बनाउन सक्छौं, यस अभियानमा लागौं भनेर हो, यस्ता ढुङ्गा बोग्नेकाम जीवनमा धेरै गरिएको हो, फेरीपनि गरिन्छ ।’

उनले भने,‘श्रमशिविर नजिकै एउटा मञ्च बनाएर हामीलाई राखेको भए अर्को तर्फ सुरक्षाकर्मी, पत्रकारहरुले ढुङ्गा उचालेको भए उल्टै हामीलाई निर्णय गर्ने आफू कुर्चिमा बस्ने ? अरुले श्रम गर्ने ? भनेर खोईरो खन्ने काम हुनेथियो ।’



प्रतिक्रिया दिनुहोस्