भदौ १९, काठमाण्डौ । नेपालमा पटकपटक लोडसेडिङ अन्त्यको घोषणा गरिएको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका जनताले पछिल्लो २ वर्षयता राहत महसुस गरेका छन् ।
लोडसेडिङ तालिका नै बनाएर जनतालाई अध्यारोमा राख्नुपर्ने बाध्यताको अन्त्य भएको छ । तर लोडसेडिङ तालिका बिनाको अध्यारोको भने अन्त्य भएको छैन ।
काठमाण्डौकै कतिपय स्थानमा लामो समयसम्म बत्ति जाने गरेको छ । बालाजु, तारकेश्वर, रानीबारी लगायतका जनताले पछिल्ला दिनहरुमा पटकपटक बत्ति जाने गरेको गुनासो गर्न थालेका छन् ।
अहिले उर्जामन्त्री वर्षमान पुन छन् । तर उनलाई सायद अहिले हुने गरेको लोडसेडिङबारे थाहा छैन । उनी मन्त्री भएपछि अब लोडसेडिङ हुँदैन भनेर भाषण गरेका थिए । तर पुनलाई काठमाण्डौकै विभिन्न क्षेत्रमा बत्ति जाँदा थाहा छैन ।
लोड सेडिङ कम गर्न महत्वपूर्ण भूमिका खेलेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पनि सायद यसबारे थाहा छैन होला । तर जनता भने अघोषित लोडसेडिङका कारण दिक्क हुन थालेका छन् ।